विदेश

    Showing 781-790 of 1,514 items.
  • पाकिस्तानी तालिवानद्वारा अनिश्चितकालीन युद्ध विराम घोषणा

    एजेन्सी / पाकिस्तानी तालिवान लडाकु समूहले शुक्रबार पाकिस्तानी सरकारसँग अनिश्चितकालीन युद्ध विराम घोषणा गरेको छ । दुई पक्षबीच अफगान तालिवान समूहले वार्ताको मध्यस्थता गरेपछि युद्ध विराम सम्भव भएको हो ।पाकिस्तानी तालिवान (टीटीपी)ले अफगानिस्तानको राजधानी काबुलमा सम्पन्न वार्तामा उल्लेख्य प्रगति भएको र अर्को सूचना नभएसम्म युद्ध विराम जारी रहने बताएको छ । एकजना पाकिस्तानी सरकारी अधिकारीले वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको जानकारी समाचार एजेन्सी एएफपीलाई दिएका छन् ।टीटीपी वर्षौंदेखि पाकिस्तानको सशस्त्र फौजविरुद्ध लड्दै आएरहेको छ । टीटीपी (तेहरिक–ई–तालिवान) अफगानिस्तानको सीमासँग जोडिएका पाकि

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 136 पटक पढिएको
  • रुसबाट इन्धन ल्याउन युरोपेली संघले रोक

    काठमाडौं / युरोपेली संघले रूसबाट इन्धन ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । रूसले युक्रेनमाथि आक्रमण गरेको १०० दिन पुगेपनि आक्रमण नरोकिएकाले इन्धन आयात प्रतिबन्ध गरेर संघले दवाव दिएको हो ।रूसबाट इन्धन आयातमा प्रतिबन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको बताइएको छ । यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएका छन् । त्यसको जवाफमा रूसले पनि कतिपय देशका उच्च अधिकारीहरूलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०७९
    • 137 पटक पढिएको
  • आक्रमणकारी गाली चलाउँदा अमेरिकामा ४ जनाको मृत्यु

    एजेन्सी / आक्रमणकारी गाली चलाउँदा अमेरिकामा ४ जनाको मृत्यु भएको छ । अमेरिकाको ओक्लोहामाको एक मेडिकल भवनमा आक्रमणकारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । आक्रमणकारीको पनि आफैँले चलाएको गोली लागेर मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।डाक्टरहरूको कार्यालय र अर्थोपेडिक सेन्टर रहेको अस्पतालको दोस्रो तल्लामा आक्रमण भएको थियो । अर्का प्रहरी अधिकारी एरिक डल्ग्लासले मारिनेमा कर्मचारी र बिरामी दुवै रहेको बताए ।

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 121 पटक पढिएको
  • अमेरिकाद्धारा युक्रेनमा बसेर रुसविरुद्ध साइबर आक्रमण गरेको स्वीकार

    एजेन्सी / अमेरिकाका साइबर कमान्ड विशेषज्ञहरू युक्रेनमा खटिएको र उनीहरूले रुसविरुद्ध आक्रामक कारवाही चलाएको कमान्डर तथा राष्ट्रिय सुरक्षा निकायका महानिर्देशक पल नाकासोनेले बताएका छन् । बुधवार स्काई न्युजसँगको अन्तर्वार्तामा नाकासोनेले सूचना युद्ध गर्नका लागि अमेरिकी गुप्तचरहरूले सीएनएन जस्ता कर्पोरेट मिडिया उपयोग गर्ने गरेको बताए । इस्टोनियामा आयोजित साइबर सम्मेलनको साइडलाइनमा कुरा गर्दै उनले १६ वटा मुलुकमा अमेरिकाका साइबर विशेषज्ञहरू खटिएको बताए । विदेशी ह्याकरलाई पत्ता लगाउने तथा तिनले प्रयोग गर्ने साधन पत्ता लगाउने उनीहरूको काम हो । ‘युक्रेन सरकारको निमन्त्रणमा सन् २०२१ को डिस

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 112 पटक पढिएको
  • इरानमा निर्माणाधीन १० तले भवन भत्किएर मृत्यु हुनेको संख्या ३४ पुग्यो

    एजेन्सी / इरानको राजधानी तेहरानमा एक भवन भत्कँदा त्यसमा परेर ज्यान गुमाउने व्यक्तिको संख्या ३४ पुगेको छ ।साथै भत्किएको भवनमा उद्धारकार्य जारी रहेको मङ्गलबार बताइएको छ ।अब्दान सहरको व्यस्त सडकमा निर्माणाधीन १० तले भवन भत्किएको जनाइएको छ । मंगलबार बिहान अर्को चार शव फेला परेपछि मृत्यु हुनेको कुल संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित समाचार एजेन्सी इर्नाले सहरका गभर्नर एहसान अब्बासपुरलाई उद्धृत गर्दै जनाएको छ । गत आइतबार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका थिए ।सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरकोबीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरि

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 120 पटक पढिएको
  • ब्राजिलमा बाढी पहिरोमा परी ५६ को मृत्यु

    एजेन्सी / ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा भारी वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ। व्यापक वर्षाका कारण आएको बाढी र पहिरोमा परी ५६ जनाको मृत्यु भएको र अझै बेपत्ता हुनेको संख्या ५६ रहेको आइतबार स्थानीय अधिकारीले बताएका छन्। बाढी र पहिरोबाट प्रभावित व्यक्तिको उद्धारमा करिब चार हजार उद्धारकर्मी खटाइएको छ। उत्तरपूर्वी पर्नाम्बुको राज्यको राजधानी रेसिफ सहर सबैभन्दा बढी प्रभावित भएको छ। उक्त सहरमा मात्र ३० भन्दा बढी मानिसको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले स्थितिको मूल्यांकन गर्न सोमबार रेसिफको भ्रमण ग

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 100 पटक पढिएको
  • छोरी बेच्न नदिएपछी जिस्कानीले गरे श्रीमतीको हत्या

    एजेन्सी / पाकिस्तानका एक नागरिकले आफ्नी छोरी बिक्री गर्न नदिएको झोकमा श्रीमतीको हत्या गरेका छन् ।पाकिस्तानको लक्की शाह सदर इलाकाका जुल्फिकार जिस्कानीले आफ्नी नाबालिग छोरीलाई धेरै रकम लिएर विवाह गराउन खोज्दा उनकी श्रीमतीले त्यसको विरोध गरेकी थिइन् । श्रीमती बबली जिस्कानीले छोरी बेच्न नदिएपछि क्रोधित भएका उनले बबलीको हत्या गरेका हुन् । हत्याको अभियोगमा उनलाई प्रहरीले हिरासतमा लिएको छ । बबलीका भाइ मुनव्वर जिस्कानीले आफ्ना भिनाजुले भाञ्जी हुमेरालाई एक लाख रुपैयाँमा विवाहका लागि एक व्यक्तिलाई सुम्पन गरेको  प्रयासको विरोध गर्दा दिदी बबलीको घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बताएका छन्

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 117 पटक पढिएको
  • नाइजेरियाली चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु

    एजेन्सी /  नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न एक धार्मिक कार्यक्रमपछि खाना वितरण भइरहेको समय एक्कासि भागदौड भएको चर्चका अधिकारीलाई उद्धृत गरी नाइजेरियाली प्रहरीले जनाएको छ ।कम्तीमा ३१ जनाको मृत्यु पुष्टि भएको र अन्य केही घाइते भएका स्थानीय प्रहरीका प्रवक्ता ग्रेस आइरिन्ज-कोकाले जनाएका छन् ।अफ्रिकी मुलुक नाइजेरियामा समुदाय समुदाय बीचमा बेलाबखत हुने द्वन्द्वका कारण ग्रामीण क्षेत्रका मानिसहरूले भय र त्रासका बीच आफ्ना दैनिकी सञ्चालन गर्दै आएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 117 पटक पढिएको
  • अफगानिस्तानमा विस्फोट हुँदा १२ जनाको मृत्यु , ३७ जना घाइते

    एजेन्सी / अफगानिस्तानमा बुधबार भएको विस्फोटमा परी कम्तिमा १२ जनाको मृत्यु भएको छ ।समाचार एजेन्सी रोयटर्सका अनुसार मजार- ए- शरीफ इलाकामा एक मिनी बसमा तीन बम विस्फोट हुँदा कम्तिमा १० जनाको मृत्यु भएको हो । उक्त विस्फोटमा परी १५ जना घाइते भएका छन् ।बुधबार नै काबुलमा रहेको एक मस्जिदभित्र भएको बम विस्फोटमा कम्तिमा दुईजना मारिएका छन् भने १० जना घाइते भएका छन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार मजार- ए- शरीफमा भएका विस्फोटको जिम्मेवारी चरमपन्थी संगठन इस्लामिक स्टेटले लिएको छ । काबुलको आपतकालीन अस्पतालका अनुसार मस्जिदमा भएको विस्फोटमा परी कम्तिमा ५ जनाको मृत्यु र २२ जना घाइते भएको बीबीसीले खबर लेखेको छ

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 112 पटक पढिएको
  • रुसको नियन्त्रणमा रहेको एनरगोदार शहरका मेयर बम विस्फोटमा घाइते

    एजेन्सी / रुसको नियन्त्रणमा रहेको दक्षिणपूर्वी युक्रेनको एनरगोदार शहरमा आइतबार बम विस्फोट हुँदा त्यहाँका मेयर र उनका दुईजना अंगरक्षक घाइते भएको रुसी समाचार संस्था तासले जानकारी दिएको छ । मेयर आन्द्रे शेव्चिक र उनका अंगरक्षकहरू मेयरको घरमा प्रवेश गर्न लाग्दा विस्फोटमा परी घाइते भएको स्थानीय कानून कार्यान्वयन अधिकारीले बताए । प्रवेशद्वारमा विद्युतीय वायरिङ बक्समा घरैमा बनेको विस्फोटक पदार्थ राखिएको जानकारी ती अधिकारीले दिए । शेव्चिकले युक्रेनबाट लगातार धम्की पाइरहेका थिए । 

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • 108 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा