विदेश

    Showing ७८१-७९० of २,१३३ items.
  • छोराको हत्या गरी फरार 'माेस्ट वान्टेड' अमेरिकी महिला भारतमा पक्राउ

    वासि‌गटन डिसी, ६ भदौं । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले भारतबाट शीर्ष १० मोस्ट वान्टेड फरार महिलालाई पक्राउ गरेको छ । सिन्डी रोड्रिग्ज सिंह नामकी यी महिलामाथि आफ्नै ६ वर्षीय छोरा नोएल रोड्रिग्जको हत्या गरेको आरोप छ ।एफबीआई निर्देशक काश पटेलले बिहीबार एक्समार्फत यो जानकारी दिएका हुन । उनले सिन्डीले आफ्नो ठेगानाको बारेमा झूट बोलेको र त्यसपछि भारत भागेको बताए। एफबीआईले भारतीय अधिकारी र इन्टरपोलको सहयोगमा सिन्डीलाई २० अगस्ट २०२५ मा भारतबाट हिरासतमा लिएको हो । उनलाई अमेरिका फिर्ता पठाइएको छ, जहाँ उनीविरुद्ध कानुनी कारबाही गरिने छ।सिन्डी एफबीआईको शीर्ष १० मोस्ट वान्टेड फरारको सूचीमा परेकी थिइन्।

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ४२५ पटक पढिएको
  • शंकास्पद गतिविधिमा संलग्न इन्डोनेसियाका तीन नागरिक नियन्त्रणमा

    काठमाडौं— अध्यागमन विभागले शंकास्पद क्रियाकलापमा संलग्न तीन इन्डोनेसियाली नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये एक जना पर्यटक भिसामा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए।गृह मन्त्रालयका अनुसार, सन् २०२४ मा नेपाल प्रवेश गरेकी एक इन्डोनेसियाली महिलाले अध्ययन भिसाको उद्देश्य विपरीत ललितपुरको धोबिघाट क्षेत्रमा मुस्लिम धर्मको प्रचार–प्रसारमा संलग्न रहेको पाइएको छ।प्रहरी अनुसन्धानबाट ती महिलासहित अन्य व्यक्तिहरूले कुरान पढाउने कार्यमा समेत संलग्न रहेको खुलेको छ।अध्यागमन विभागले उनीहरूको गतिविधि शंकास्पद रहेको भन्दै हाल अनुसन्धानको दायरामा राखिएको जनाएको छ। आवश्यक अनुसन्धानपश्चात उनीहरूमाथि अध

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ६५७ पटक पढिएको
  • ब्राजिलियन खेलाडी आना कर्णाली यसभिएसमा अनुबन्धित

    काठमाडौं— एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको छ ।यही भदौमा हुने लिगको लागि सेटर आना फ्लाभियालाई अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ ।सुरुवाती वर्षमा ब्राजिलबाट व्यावसायिक भलिबल खेलेकी आनाले स्पेन, स्लोभाकिया, चेक गणराज्य, हंगेरी र स्विजरल्याण्डबाट खेलिसकेकी छन् । स्लोभाकिया र स्पेनमा उनी उत्कृष्ट सेटर घोषित भएकी थिइन् । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ ।यसअघि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपम

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ८०७ पटक पढिएको
  • लिपुलेकमा नेपालको अधिकारमाथि भारत असहमत

    काठमाडौं—  भारतले लिपुलेक व्यापार मार्गबारे भारतको अडान दीर्घकालीन रहेको बताएको बताएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार एक विज्ञप्ति जारी गर्दै त्रिदेशीय नाका लिपुलेकमाथि नेपालले गरेको दाबीलाई अस्वीकार गरेका हुन् । विज्ञेप्तीमा भनिएको छ,‘लिपुलेक हुँदै भारत–चीनबीचको व्यापार १९५४ मै सुरु भएको हो। दशकौँदेखि निरन्तर चलिरहेको छ। यस किसिमका दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा कृत्रिम रूपमा भूभाग बढाएर दाबी गर्नु स्वीकार्य हुँदैन’बुधबार नै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालको संविधानमा समावेश आधिकारिक नक्साअनुसार लिम्पियाधुरा, लिप

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ५६९ पटक पढिएको
  • युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

    काठमाडौं— युक्रेनी सैन्य केन्द्रहरुमा रुसले आक्रमण गर्दा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको रुसले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार, विगत २४ घण्टामा, रुसी सेनाले खार्कोभ, जापोरिजिया र खेरसन सैनिक केन्द्रहरूमा आक्रमण गरेको छ । जसमा १,३०० भन्दा बढी युक्रेनी सैन्य कर्मचारीहरू मारिएका छन् र घाइते भएका छन् ।आक्रमणहरूले ट्याङ्क, बख्तरबंद सवारी साधन, रकेट लन्चर, इलेक्ट्रोनिक युद्ध स्टेशन, गोलाबारुद डिपो र अन्य धेरै लक्ष्यहरू नष्ट गरेको रिपोर्ट गरिएको छ । प्रतिवेदनमा यो पनि भनिएको छ कि रूसी वायु रक्षा बलहरूले एउटा रकेट र २१७ फिक्स्ड–विङ ड्रोनहरू खसालेका छन् ।यद्यपी,

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • ७२१ पटक पढिएको
  • फिनल्याण्डका सांसदले संसदभित्रै आत्महत्या गरे

    काठमाडौं— फिनल्याण्डको संसद भवनभित्र ३० वर्षीय सांसद ईमेली पेल्टोननले आत्महत्या गरेका छन्। उनी सामाजिक लोकतान्त्रिक पार्टी (एसडीपी)का सांसद थिए।आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा पेल्टोननले आफू मिर्गौला रोगबाट पीडित भएको बताएका थिए। यसपछि, अर्को रोगका कारण उनले संसदीय कामबाट बिदा लिनुपरेको थियो।पेल्टोनेन २०२३ को चुनावमा ५७४७ मत प्राप्त गरेर सांसद बनेका थिए। उनी संसदका केही समितिहरूमा काम गर्थे। उनी जार्वेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कान्छा बोर्ड अध्यक्ष पनि थिए।एसडीपी नेता टिटी टुपुराइनेनले भने, 'ईमेलीको मृत्युबाट हामी धेरै दुखी छौं। उहाँ सबैको मायालु हुनुहुन्थ्यो। यति सानो उमे

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ६९२ पटक पढिएको
  • सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती

    काठमाडौं— सीमा क्षेत्रहरुमा शान्ति र स्थिरता कायम राख्न भारत र चीन बिच सहमती भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्री वाङ यी बिच मंगलबार नयाँ दिल्लीमा भएको भेटवार्तामा यस्तो सहमती भएको हो ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र केन्द्रीय विदेश आयोग कार्यालयका निर्देशक समेत रहेका वाङले आफ्नो दिल्ली भ्रमणका क्रममा मोदीसँग भेट गरेका हुन् ।सीमा प्रश्नको सन्दर्भमा, दुवै पक्षले नियमित व्यवस्थापन र नियन्त्रण सञ्चालन गर्ने, सीमा क्षेत्रहरूमा शान्ति र स्थिरता कायम राख्ने सहमती गरेका हुन् । यस्तै, संवेदनशील बिन्दुहरूलाई उचित रूपमा सम्हाल्ने र सीमा

    • प्रकाशित मितिः भदौ ४, २०८२
    • ७७१ पटक पढिएको
  • एनआरएनए डेनमार्कको सुरेश पुन नेतृत्वको समितिले पायो औपचारिकता

    काठमाडौं— जुलाई ३१, २०२५ मा सम्पन्न नवौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), डेनमार्कको नयाँ कार्यसमितिले औपचारिकता पाएको छ ।कोपनहेगनमा आइतबार शपथ ग्रहण गर्दै कार्यसमितिले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेको हो । नयाँ कार्यसमितिका अध्यक्ष सुरेश पुन लाई निर्वाचन आयुक्त भुवनध्वज थापाले शपथ ग्रहण गराएका थिए भने बाँकी पदाधिकारीहरूले पनि अध्यक्ष पुनको उपस्थितिमा शपथ लिँदा नयाँ कार्यसमितिले औपचारिकता पाएको हो । डेनमार्कमा रहेका नेपाली समुदायप्रति आफ्नो शुभकामना व्यक्त गर्दै डेनमार्कका लागि नेपाली राजदूत तथा प्रमुख अतिथि सुम्निमा तुलाधरले

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ७२६ पटक पढिएको
  • बाढीले पाकिस्तानमा हजारभन्दा बढी बेपत्ता

    इस्लामाबाद— पाकिस्तानी प्रधानमन्त्रीका संयोजक इख्तियार वली खानले खैबर पख्तुनख्वा प्रान्तमा आएको भयानक बाढीमा एक हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने गम्भीर चिन्ता व्यक्त गरेका छन् । खानले आफूले व्यक्तिगत रूपमा बाढी प्रभावित क्षेत्रहरू भ्रमण गरेको र ठूलो विनाश देखेको बताए । उनले बुनेरको चघर्जी क्षेत्रमा व्यापक क्षति भएको र बासोनी गाउँ नक्साबाट नै हराएको जानकारी दिए । “बाढीको पानीले बोकेका केही चट्टानहरू ट्रकभन्दा ठूला थिए । घरहरू नदीमा बगाइएका छन्, सम्पूर्ण परिवारहरू हराएका छन् र रिपोर्ट गर्ने कोही छैन”, उनले भने ।उनले आधिकारिक तथ्याङ्कले अस्पतालमा ल्याइएको शवहरू मात्रै देखाएको तर ध

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ६६१ पटक पढिएको
  • वासिङ्टन पुगे राष्ट्रपति जेलेन्स्की, युक्रेनले सुरक्षा ग्यारेन्टी पाउनेमा आशावादी

    वासिङ्टन — युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की वासिङ्टन पुगेका छन्। अमेरिकी भ्रमणको थालनीसँगै उनले युक्रेनले सुरक्षा ग्यारेन्टी प्राप्त गर्नेमा दृढ विश्वास व्यक्त गरेका छन्।वासिङ्टन आइपुगेको केही घण्टापछि जेलेन्स्कीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा आमन्त्रण गरेकोमा धन्यवाद व्यक्त गर्दै युद्ध चाँडै र भरपर्दो रूपमा अन्त्य हुने आशा व्यक्त गरेका छन्।“हामी सबै चाहन्छौँ कि यो युद्ध चाँडै र भरपर्दो तरिकाले समाप्त होस्, र शान्ति दिगो होस्,” उनले पोस्टमा लेखेका छन्।राष्ट्रपति जेलेन्स्कीले युक्रेनको रक्षा र सुरक्षामा विश्वस्त रहेको उल्लेख

    • प्रकाशित मितिः भदौ २, २०८२
    • ८११ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.