विदेश

    Showing ८७१-८८० of २,१३३ items.
  • भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा राजीनामा

    नयाँ दिल्ली— भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेका हुन् । । उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य राखेका छन ।धनखरले आफ्नो राजीनामा पत्र राष्ट्रपति द्रौपदी मुर्मूलाई सम्बोधन गर्दै पठाएका हुन् । जसमा उनले स्वास्थ्यको हेरचाह र चिकित्सकीय सल्लाहको पालना गर्दै तत्काल प्रभावबाट उपराष्ट्रपतिको पदबाट राजीनामा दिने निर्णय गरेको कुरा उल्लेख गरेको छ ।उनले आफ्नो पत्रमा राष्ट्रपति र प्रधानमन्त्रीको साथसाथै मन्त्री परिषद्लाई पनि उनको कार्यकालमा दिएको अमूल्य समर्थनका लागि

    • प्रकाशित मितिः साउन ६, २०८२
    • ६४९ पटक पढिएको
  • बंगलादेशमा वायुसेनाको एफ–७ विमान दुर्घटना, एकको मृत्यु

    काठमाडौं — बंगलादेश वायुसेनाको एफ–७ प्रशिक्षण विमान आज दिउँसो राजधानी ढाकाको उत्तरा क्षेत्रस्थित दियाबारीमा दुर्घटनाग्रस्त भएको छ।विमान माइलस्टोन कलेजको उत्तरी क्याम्पस नजिकै खसेपछि विद्यार्थीहरू भागदौड गर्दै ज्यान जोगाउने प्रयासमा देखिएका थिए।हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलका एक वरिष्ठ अधिकारीले दुर्घटनाको पुष्टि गरेका छन्। चिनियाँ निर्मित एफ–७ विमान बंगलादेश वायुसेनाले प्रशिक्षणका लागि प्रयोग गर्दै आएको हो। दुर्घटनामा एक जनाको मृत्यु भएको र केही घाइते भएको बंगलादेश सेनाका अधिकारी तथा अग्निनियन्त्रक विभागले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ५५० पटक पढिएको
  • ट्रम्पद्वारा ओबामाको एआई-निर्मित 'पक्राउ' भिडियो साझा,अमेरिकी राजनीतिमा तरंग

    काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामामाथि व्यंग्य गर्दै कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको एक विवादास्पद भिडियो साझा गरेका छन्। आइतबार ट्रम्पको सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा ओबामालाई एफबीआई एजेन्टहरूले ओभल अफिसबाट हतकडी लगाएर लैजाँदै गरेको देखिन्छ, जबकि ट्रम्प मुस्कुराउँदै हेरिरहेको दृश्य देखिन्छ।भिडियोको सुरुवातमा राष्ट्रपति जो बाइडेन र अन्य डेमोक्र्याट नेताहरूले “कानुनभन्दा माथि कोही छैन” भनी बोलेको दृश्य समावेश गरिएको छ, जसलाई व्यंग्यका रूपमा प्रस्तुत गरिएको छ। भिडियो एआई (डिपफेक) प्रविधिबाट बनाइएको हो भन्ने

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ५९१ पटक पढिएको
  • ईरान र पाकिस्तानबाट १ हजार ५७६ अफगान शरणार्थी परिवार स्वदेश फर्किए

    काबुल— ईरान र पाकिस्तानमा शरण लिएर बसेका १ हजार ५७६ अफगान शरणार्थी परिवार शनिबार स्वदेश फर्किएका छन्। अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले दिएको जानकारीअनुसार तीमध्ये ८१ परिवार पाकिस्तानबाट र १ हजार ४९५ परिवार ईरानबाट फर्किएका हुन्।मन्त्रालयका अनुसार स्वदेश फर्किएका परिवारहरूलाई सीमामा आवश्यक सहायता तथा सेवा उपलब्ध गराइएको छ। पछिल्ला केही महिनायता ईरान र पाकिस्तानले अवैध रूपमा बसोबास गरिरहेका अफगान नागरिकहरूलाई आफ्नो देश फर्कन आग्रह गरेपछि फिर्ती दर तीव्र बनेको हो।शरणार्थी मामिला मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म १३ लाखभन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किइसकेका

    • प्रकाशित मितिः साउन ५, २०८२
    • ६५९ पटक पढिएको
  • दक्षिण कोरियामा अविरल वर्षाका कारण बाढी र पहिरो, कम्तीमा १४ जनाको मृत्यु

    सोल — दक्षिण कोरियामा केही दिनदेखिको लगातारको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कम्तीमा १४ जनाको ज्यान गएको छ। देशको विपद् व्यवस्थापन कार्यालयको हवाला दिँदै बीबीसीले यो जानकारी दिएको छ।प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहे पनि अझै १२ जना बेपत्ता भएकाले मृतक संख्या थप बढ्न सक्ने आशंका गरिएको छ।आइतबार सार्वजनिक गरिएको भिडियो फुटेजमा राजधानी सोल नजिकको गाप्योङ सहरका स्थानीय बासिन्दाहरू दलदल जस्तो हिलो हुँदै अगाडि बढिरहेका र क्षतिग्रस्त पुल पार गरेर राहत शिविरतर्फ जाँदै गरेको दृश्य देखिएको छ।यसअघि, शनिबार सार्वजनिक अर्को भिडियोमा, दक्षिण को चुङचियोन क्षेत्रमा पहिरो गएर एउटा पूरै गाउँ हिलो

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ५६५ पटक पढिएको
  • रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको आशंका

    काठमाडौं — रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृंखलाबद्ध रूपमा शक्तिशाली भूकम्पहरू गएको अमेरिकी भूगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ।स्थानीय समयअनुसार आइतबार बिहान सुरुमा ५.० र त्यसपछि ६.७ म्याग्निच्यूडको भूकम्प मापन गरिएको थियो। प्रारम्भिक झट्काबाट सुनामीको तत्काल जोखिम छैन भन्ने बताइएको थियो। तर ग्रीनविच समयअनुसार आइतबार बिहान ८:४९ मा ७.४ म्याग्निच्यूडको ठूलो भूकम्प आएपछि सुनामीको सम्भावना बढेको जनाइएको छ।युएसजीएसका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु पेट्रोपाभलोभ्स्क–कामचात्स्की शहरबाट करिब १५० किलोमिटर पूर्व प्रशान्त महासागरमा रहेको थियो। प्रारम्भिक भूकम्पपछि धेरै पराकम्पन

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ५५८ पटक पढिएको
  • युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको रुसको दाबी, रुसी आक्रमणलाई प्रतिवाद गरेको युक्रेनको भनाई

    काठमाडौं – रुसले शनिबार आफ्नो सेनाले युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको घोषणा गरेको छ । युक्रेनले पनि सोही दिन रुसी आक्रमणलाई प्रतिवाद गरेको बताएको छ ।रुसको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो ब्रीफिंगमा भनेको छ कि उसको सेनाले विगत २४ घण्टामा धेरै मोर्चाहरूमा आक्रमण गरेको छ । युक्रेनी सैन्य भर्ती केन्द्रहरू, सैन्य हवाई अड्डा पूर्वाधारहरू र उड्डयन मर्मत प्लान्टहरूलाई लक्षित गर्दै आक्रमण गरेको रुसको दाबि छ ।यसका साथै, रुसी मन्त्रालयका अनुसार, रुसी वायु रक्षा प्रणालीले छवटा हवाई बमहरू नष्ट गरेको छ र युक्रेनले प्रक्षेपण गरेको ३४९ ड्रोनहरू खसालेको छ । युक्रेनको सशस्त्र बलको जनरल स्टाफले सोही दि

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ५२२ पटक पढिएको
  • भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु

    काठमाडौं – भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिदा कम्तीमा ३४ जनाको ज्यान गएको छ। भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारण सो दुर्घटना भएको हो। पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ। आँधी बेरी आएपछि ओन्डर सिज नामको सो डुङ्गा पल्टिएको थियो। डुङ्गामा ५३ जना यात्रा गरिरहेका थिए। धेरै जसो राजधानी हनोइबाट घुम्न गएका थिए।उद्धारकर्ता अहिले पनि उद्धार कार्यमा संलग्न छन्।एक १० वर्षीय बालकको पनि उद्धार भएको छ। ठुलो स्वरले कराएपछि उद्धार गरिएको उनले बताएका छन्। त्यहाँ निकालिएको शव मध्य कम्तीमा ८ जना बालक रहेको जनाइएको छ। 

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ४१८ पटक पढिएको
  • दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार वालिदको निधन

    एजेन्सि—  दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ ।कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए ।गल्फ न्युजका अनुसार सन् २००५ मा १५ वर्षको छँदा बेलायतको लन्डनमा सैनिक तालिम लिइरहेका बेला उनी सवारी दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा उनको मस्तिष्कमा गम्भीर चोट लागेर आन्तरिक रक्तस्राव भएको थियो ।उपचारका लागि अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोली समेत संलग्न भए पनि उनी कहिल्यै पूर्णरूपमा होसमा फर्कन सकेनन् । दुई दशकसम्म उनको अवस्थाले

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ६११ पटक पढिएको
  • अमेरिकी भन्सार नीति कायम रहे युरोपेली संघले प्रतिशोधात्मक कदम चाल्ने

    एजेन्सी । जर्मन चान्सलर फ्रेडरिक मर्जले अमेरिकी भन्सार दुवै देशको अर्थतन्त्रका लागि हानिकारक हुने बताएका छन् । उनले युरोपेली संघ र संयुक्त राज्य अमेरिका बीचको भन्सार वार्ता अन्तिम चरणमा प्रवेश गरेको पनि बताए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि युरोपेली संघको निर्यातमा ३० प्रतिशत कर लगाउने योजनाको घोषणा गरेपछि स्थिति तनावपूर्ण बन्दै गएको हो । युरोपेली संघका प्रवक्ताले व्यापार तथा आर्थिक सुरक्षा आयुक्त मारोस सेफकोभिक हाल अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिक र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग वार्ताको तयारी भएको पुष्टि भएको छ । अमेरिकाले करहरू जारी राख्यो भने युरोपेली सं

    • प्रकाशित मितिः साउन ३, २०८२
    • ४५० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.