विदेश

    Showing 961-970 of 1,360 items.
  • जापानमा आगलागी, दर्जनौँको मृत्यु २८ घाइते

    झापा / जापानको एक व्यापारिक भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु भएको छ । ओशाका स्थित ८ तले भवनमा आगलागी भएको हो ।शुक्रबार ओकाशाको सपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ ।एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान छ।आगलागीसँगै ओसाकाको मध्य भागमा अवस्थित किटावार्डमा कयौं अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो ।आगलागी हुनुको कारण हालसम्म खुलेको छैन । 

    • प्रकाशित मितिः पुस २, २०७८
    • 66 पटक पढिएको
  • चिनियाँ आक्रमण पत्ता लगाउन अमेरिकाले बनायो सफ्टवेयर

    एजेन्सी  / र अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमाण्डरहरूले विकसित गरेको सफ्टवेयरले सैन्य अभ्यास र अन्य अमेरिका विरोधी गतिविधिलाई चिनियाँ सरकारले कसरी प्रतिकृया जनाउँछ भनेर भविष्यवाणी गर्नेछ ।प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानकारी दिनेछन् । मंगलबार अमेरिकी सहायक रक्षामन्त्री क्याथलिन हिक्सले हवाईस्थित इन्डो प्यासिफिक कमान्डको भ्रमण गरेर सो सफ्टवेयरबारे जानकारी लिएकी थिइन् ।रक्षा मन्त्रालयलका एक अधिकारीहरुका अनुसार सो सफ्टवेयरले रणनीतिक टकरावलाइ पनि अनुमान ग

    • प्रकाशित मितिः पुस १, २०७८
    • 76 पटक पढिएको
  • हाइटीमा तेल ट्यांकर विष्फोट : ५० जनाको मृत्यु

    झापा(एजेन्सी)  हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।हाइटीको क्याप(हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले मानवीय क्षति धेरै भएको स्थानीय मिडिया रिपोर्टमा उल्लेख छ ।प्रधानमन्त्री एरियल हेनरीले यो घटनापछि पूरै देश शोकमा डुबेको बताएका छन् र तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।हाइटीको दोस्रो ठूलो शहरमा भएको तेल ट्यांकर विष्फोटको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । एक

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 76 पटक पढिएको
  • पाकिस्तानमा एक महिला सामाजिक कार्यकर्ताको हत्या

    पाकिस्तान(एजेन्सी) पाकिस्तानको कराँची सहरमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरी हत्या गरिएको छ । सामाजिक कार्याकर्ता २४ वर्षीया सबा असलमको चक्कु प्रहार गरी हत्या गरिएको हो । घरबाट बाहिर निस्कने बितीकै असलममाथि हमला भएको र घटना भएलगत्तै अब्बासी शहीद अस्पताल पुऱ्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको बताइएको छ । असलमलाई चक्कु प्रहार गर्ने उनकै छिमेकी रहेको प्रहरीले जानकारी दिए । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई नकाबधारीले उनको ढाडमा हतियारले प्रहार गरेका थिए । असलम पछिल्लो पाँच वर्षअघि अनीसा असलम वेलफेयर नामको संस्था स्थापना गरेकी थिइन् । उनको संस्थाले बाल श्रम र

    • प्रकाशित मितिः मंसिर २९, २०७८
    • 79 पटक पढिएको
  • चीनद्वारा अफगानिस्तानलाई मानवीय सहायता सामग्री

    एजेन्सी / चीनले अफगानिस्तानलाई मानवीय सहायता सम्बन्धी सामग्रीको दोस्रो चरण पठाएको छ । दोस्रो चरणको सामग्री सोमबार काबुल आइपुगेको त्यहाँका अधिकारीहरूले जानकारी दिएका छन् । चिसो मौसमका लागि भन्दै चीनले सोमबार यी सामग्री पठाएको हो । सोमबार काबुलमा आयोजना भएको एक कार्यक्रममा यी सामग्री हस्तान्तरण गरिएको हो ।रेलमार्फत ती सामग्री सोमबार अफगानिस्तानको राजधानी काबुल पुर्‍याइएको थियो । अफगानिस्तानको तालिवान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सोमबार ती सामग्री प्रदान गरिएको थियो । अफगानिस्तानका लागि रेलमा ती सामग्री  ल्याइएको बताइएको छ । ती सामग्रीहरूमा ७०

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 77 पटक पढिएको
  • साउदी सेनाको हवाइ कारबाहीबाट दुई सय हुथी विद्रोहीको मृत्यु

    सिन्ह्वा(एजेन्सी) यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहको हवाई कारबाहीमा परी दुई सय भन्दा धेरै हुर्थी विद्रोहीहरु मारिएका छन् । यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत देखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । शनिबार देखि मारिब प्रान्तमा सेनाले निरन्तर रुपमा गरेको हवाई कारवाहीमा परी दुई सयको मृत्यु भएको हो । मारिब क्षेत्रमा ठूलो सङ्ख्यामा हुथी विद्रोहीहरू रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । सेनाहरूले शनिबारदेखि यमनको विभिन्न क्षेत्रमा कम्तीमा ३६ ओटा साना ठूला आक्रमणहरू गरेको पाइएको छ ।शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीह

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 72 पटक पढिएको
  • अलिबाबाले गर्यो एक महिला कर्मचारीलाई पदमुक्त

    झापा (एजेन्सी) चीनको अनलाइन व्यापार कम्पनी अलिबाबाले एक महिला कर्मचारीलाई पदमुक्त गरेको छ । कम्पनीका एक सहकर्मी र क्लाइन्टरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी उनलाई अलिबाबाले पदमुक्त गरेको हो । महिला कर्मचारीले गलत प्रचार गरेको र त्यसले कम्पनीको छविमा असर गरेकोले उनलाई निष्कासन गरिएको महिलालाई थमाइएको एउटा पत्रमा उल्लेख छ । आफूमाथि दुर्व्यवहार हुँदा पनि कम्पनीले केही नगरेको उनले आरोप लगाएकी थिइन् । कार्यालयको ‘बिजनेस ट्रिप’ का सिलसिलामा आफूमाथि दुर्व्यवहार भएको उनले बताएकी थिइन् । महिलालाई पदमुक्त गरिएको उनका वकिलले न्युयोर्क टाइम्सलाई पुष्टि गरेका छन् ।

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 83 पटक पढिएको
  • ‘भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक’

    एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले आइतबार बिहान पुष्टि गरेको छ।“प्रधानमन्त्री @narendramodi को ट्विटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ । प्र म मोदीका दुई ट्विटर अकाउन्टहरू छन् –  @narendramodi र @PMOIndia। जहाँ @PMOIndia। का ४५.४ मिलियन फलोअर्स छन्, भने  @narendramodi का ७३.४ मिलियन भन्दा बढी फलोअर्स छन्। भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्विटर प्रयोग गर्ने गर्छन ।

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 76 पटक पढिएको
  • पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा ४को मृत्यु, ७ जना बेपत्ता

    एजेन्सी / पूर्वी चीनको शानडोङ प्रान्तको यानताई शहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन्।दुर्घटना हुँदा चालक दलका १४ सदस्य सवार थिए । उद्धार ब्यूरोले बिहान ४: ४३ मा उक्त दुर्घटनाको रिपोर्ट प्राप्त गरेको जनाइएको छ । हालसम्म तीन जनाको उद्धार गरिएको छ भने चार जनाको शव फेला परेको छ ।बेपत्ता चालक दलका सदस्यहरुको खोजीका लागि उद्धार हेलिकप्टर र उद्धार जहाज पठाइएको छ।

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 74 पटक पढिएको
  • अमेरिकामा आँधीका कारण ७० भन्दा बढीको मृत्यु

    बिर्तामोड (एजेन्सी) अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । आँधीबाट मेफिल्ड शहरमा अवस्थित एक मैनबत्ती कारखानामा मात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ । उद्धारकर्मीहरूले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरूलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुरक्षित रुपमा निकाल्न सकिएमा त्यो चमत्कार हुने बताएका छन् ।यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।केन्टकी राज्यलाई आपतकालीन स्थिति घोषणा गरिएको छ । यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ ।&n

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 72 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा