विदेश

    Showing 981-990 of 2,120 items.
  • इमरान खानकाे मुद्दामा आज सुनुवाई हुदैँ, आजै रिहा हुने समर्थककाे दावी

    इस्लामवाद, २८ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानमाथीकाे मुद्दामा आज सुनुवाई हुदैँछ ।जुन ११ मा हुने साे सुनवाइमा अल–कादिर ट्रस्ट मुद्दामा राहत मिल्न सक्ने दावी उनका समर्थकहरूले गरिरहेका छन । उनको पार्टीका शीर्ष नेताहरूले इस्लामाबाद उच्च अदालतले इमरान खान र उनकी पत्नी बुशरा बीबीको सजाय निलम्बन गर्ने याचिकाहरू यस दिन सुन्ने र उनीहरूलाई जमानत पाउने सम्भावना रहेको दावी गरेका छन् ।७२ वर्षीय इमरान खान अगस्ट २०२३ देखि अदियाला जेलमा रहेका छन् र उनीविरुद्ध धेरै आपराधिक मुद्दाहरू विचाराधीन रहेका छन्। मुख्यगरी, अल-कादिर ट्रस्ट मुद्दा यी मामिलाहरूमध्ये सब

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 453 पटक पढिएको
  • अन्तरिक्षमा आज जाँदैछ 'जल भालु', जाे सहन्छ आणविक बम देखी -२७३ डिग्री तापक्रम

    काठमाडौं, २७ जेठ । भारतीय अन्तरिक्ष यात्री शुभांशु शुक्ला अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जान तयारी अवस्थामा रहेका छन ।शुभांशु शुक्लालाई ‘एक्सियोम–४’ मिशनअन्तर्गत जुन १० मा अन्तरिक्ष यात्राका लागि लन्च गरिने भएको छ । यस मिशनमा उनका साथमा चालक दलका अन्य तीन व्यक्तिहरू जानेछन । जहाँ उनीहरूले पृथ्वीको अचम्म र शक्तिशाली जीव टार्डिग्रेड अर्थात जल भालु पनि साथमा लैजानेछन् । खासमा तिनीहरूको आकार यति सानो छ कि तिनीहरू नाङ्गो आँखाले देख्न सकिदैन् तर माइक्रोस्कोप मार्फत मात्र देख्न सकिनेछ । तर एकै समयमा, उनीहरू एक प्रकारको च्याम्पियन जीवित प्राणी हो, जसले सबै चरम परिस्थितिहरूको सामना गर्न सक्छ।&nb

    • प्रकाशित मितिः जेठ २७, २०८२
    • 284 पटक पढिएको
  • इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको सहायता डुंगा, आखिर किन रोके त इजरायली सेनाले ?

    काठमाडौं— इजरायली सेनाले गाजा जाँदै गरेको मानवीय सहयोग बोकेको एउटा डुंगा रोकेको छ । जलवायु अभियन्ता ग्रेटा थुनबर्गसहितका अन्य कार्यकर्तालाई सोमबार बिहान नियन्त्रणमा लिएको छ ।इजरायलले लामो समयदेखि लगाउँदै आएको गाजामाथिको नाकाबन्दी हाल हमाससँगको युद्धका कारण झन कडा बनाइएको छ ।उक्त डुंगा गाजातर्फ इजरायलको सैन्य अभियान र मानवीय सहायता प्रवाहमा लगाइएको कडाइको विरोध स्वरूप पठाइएको थियो । दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक र विनाशकारी युद्धहरूमध्ये गाजाको यो संघर्ष मानिएको छ । हाल गाजामा लगभग २० लाख प्यालेस्टिनीहरू भोकमरीको जोखिममा परेका छन् ।उक्त यात्रा फ्रिडम फ्लोटिला कोअलिशनद्वारा आयोजना गरिएको

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 313 पटक पढिएको
  • संख्या ६ हजार नाघ्यो भारतमा कोरोना संक्रमित, ५८ जनाको मृत्यु

    नयाँ दिल्ली— भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। शनिबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६,१३३ पुगेको छ। तीमध्ये सबैभन्दा धेरै १,९५० केसहरू केरलामा छन्।स्वास्थ्य विभागका अनुसार, पछिल्लो ९ दिनमा ३,४२३ नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको मृत्यु भएको छ। मे ३० सम्म सक्रिय केस २,७१० मात्र थियो भने मृत्यु हुनेको संख्या ७ रहेको थियो।हाल दैनिक औसतमा करिब ४०० नयाँ संक्रमित रिपोर्ट भइरहेका छन्, र प्रत्येक दिन ५–६ जनाको मृत्यु भइरहेको छ। शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।भारतमा चार नयाँ

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 473 पटक पढिएको
  • टर्कीमा भेटियो ५००० वर्ष पुरानो रोटी, अहिले लागेको छ स्वाद लिनेको भीड

    अंकारा, २६ जेठ । टर्कीमा उत्खनन गर्दा ५ हजार वर्ष पुरानो रोटी फेला परेको छ । कल्पना गर्नुहोस् कि त्यो कसैले यो जलेको रोटीलाई गाडेको हुनुपर्छ, जसले आज सारा संसारले स्वाद लिइरहेको छ। यो पुरातन रोटी पुरातत्वविद्हरूले टर्की एस्की सेहिर शहर नजिकै कुलुओबामा उत्खनन गर्दा फेला पारेका थिए।यो पाँच इन्च गोलो, समतल रोटी प्यान केक जस्तो देखिन्छ। यसको कार्बन डेटिङले देखाएको छ कि यो ५५०० ईसा पूर्वको हो। चाखलाग्दो कुरा यो हो कि वैज्ञानिकहरूले यसको स्वाद थाहा पाएका छन् । जसका कारण अहिले स्थानीय बेकरी सपमा सोही स्वादको  यस्ता रोटी बनाइने गरिएको छ, जो किन्न र खानका लाथि मानिसहरुको भीड लाग्ने गरेको छ ।फ

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 257 पटक पढिएको
  • ट्रम्पको हस्तक्षेपले रोकिएन अमेरिकामा आप्रवासीको प्रदर्शन

    लस एन्जलस— अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरे पनि लस एन्जलसमा आप्रवासीको प्रदर्शन रोकिएको छैन। आप्रवासी धरपकडको विरुद्धमा लस एन्जलसमा शुक्रबार सुरु भएको प्रदर्शन आइतबार पनि जारी छ। सुरक्षाकर्मीले अश्रुग्याँस प्रयोग गरिरहेका दृश्य सार्वजनिक भइरहेका छन्।डेमोक्र्याट गर्भनरले भने कसैसँग सल्लाह नगरी राष्ट्रिय सुरक्षा गार्डको प्रयोग गरेको भन्दै राष्ट्रपति ट्रम्पको विरोध गरेका छन्। उनीहरूको संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै राष्ट्रिय सुरक्षा गार्ड राज्य स्तरमा रहने भए पनि ट्रम्पले शक्तिको दुरुपयोग गदै यसलाई आफै प्रयोग गरेको आरोप लगाएका हुन्।काङ्ग्रेसकी सदस्य म

    • प्रकाशित मितिः जेठ २६, २०८२
    • 386 पटक पढिएको
  • ट्रम्पको दावी भने – मेरो मस्कसँगको सम्बन्ध अब सकियो

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एलन मस्कसँगको सम्बन्ध अब सकिएको बताएका छन् ।अमेरिकाको एनबीसी न्युजलाई शनिबार दिएको अन्तर्वार्तामा ट्रम्पले भने, “म अब सम्बन्ध सकिएको ठान्छु ।”टुटेको सम्बन्ध फेरि जोड्न चाहनुहुन्छ वा हुन्न भनेर सोध्दा उनले अब चाहन्न भने ।ट्रम्पको टिप्पणी मस्कसँग सामाजिक सञ्जालमा भएको ठूलो विवादपछि आएको बीबीसीले जनाएको छ ।विश्वकै सबैभन्दा धनी अमेरिकी अर्बपति व्यापारी मस्कले, जसले ट्रम्पको निर्वाचन अभियानमा करोडौँ डलर चन्दा दिएका थिए र ह्वाइट हाउसमा सहयोगी बनेका थिए । तर मस्कले ट्रम्पको कर र खर्च विधेयक (बिग ब्युटिफुल बिल)को खुल्ला आलोचना गरेपछि दुईबीच यो विवाद

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 376 पटक पढिएको
  • राष्ट्रसङ्घ प्रतिवेदनमा गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले बढ्यो

    काठमाडौं— चालु वर्षको सुरुमा भएको युद्धविरामपछि गाजामा तीव्र कुपोषणबाट पीडित बालबालिकाको प्रतिशत लगभग तीन गुणाले बढेको बिहीबार सार्वजनिक संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्य राहतसम्बन्धी काम गर्ने ‘न्युट्रिशन क्लस्टर’ले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका पाँच वर्ष मुनिका ५० हजार बच्चाहरू मध्ये लगभग ५.८ प्रतिशतलाई कुपोषण भएको पत्ता लागेको छ ।विश्लेषणमा यो प्रतिशत फेब्रुअरीको तुलनामा तीन गुणा वृद्धि भई मे महिनाको सुरुमा ४.७ प्रतिशत पुगेको छ । यसले बच्चाहरूमा गम्भीर कुपोषणका घटनाहरूमा वृद्धि भएकाले प्रतिरक्षा प्रणाली कमजोर भई जीवनलाई जोखिममा

    • प्रकाशित मितिः जेठ २४, २०८२
    • 344 पटक पढिएको
  • आरसीबीको उत्सवमा भागदौडको क्रममा ११ जनाको मृत्यु ,आरसीबी प्रतिनिधि र इभेन्ट म्यानेजर पक्राउ

    काठमाडौंं -  इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)का एक प्रतिनिधिसहित चारजना पक्राउ परेका छन् । शुक्रबार बेंगलुरु प्रहरीले ११ जनाको मृत्यु हुने गरी मच्चिएको भागदौडबारे अनुसन्धान गर्न आरसीबीका एक प्रतिनिधि र इभेन्ट म्यानेजमेन्टका तीन जनालाई पक्राउ गरेको हो ।बेंगलुरुले पन्जाब किंग्सलाई पाँच विकेटले पराजित गर्दै पहिलोपटक आईपीएलको उपाधि जितेको थियो । जितपछि आरसीबीले गत बुधबार एक रंगशालमा विजय उत्सवको आयोजना गरेको थियो ।उत्सव मनाउन हजारौँको संख्यामा समर्थक रंगशाला पुगेका थिए । रंगशाला प्रवेश गर्ने क्रममा पास नभएका समर्थकले गेटमा धकेलाधकेल गरेपछि

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 439 पटक पढिएको
  • गाजामा अहिलेसम्म २२५ पत्रकारले गुमाए ज्यान

    गाजा, २३ जेठ । गाजामा जारी इजरायली नरसंहारको सुरुवातदेखि २ सय २५ पत्रकार मारिएका छन् ।गाजाको सरकारी मिडिया कार्यालयले गाजा शहरको ब्याप्टिस्ट अस्पतालमा तीन पत्रकारको क्रूर हत्या पछि यो तथ्यांक सार्बजनिक गरेको हो ।गत साता तीन पत्रकार सुलेमान हज्जाज, इस्माइल बडाह र समीर अल रिफाई इजरायली हमलामा मारिएका थिए ।३१ मे २०२५ मा इजरायलले गाजाका बारेमा दुनियाँलाइ सत्य बताउनेहरूलाई व्यवस्थित रूपमा लक्षित गर्दै राष्ट्रिय समाचार एजेन्सीको लागि काम गर्ने पत्रकार युसेफ अल नखालाको पनि हत्या गरेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • 358 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.