काठमाडौँ / युवा गजलकार नवराज पौडेलको पहिलो गजल सङ्ग्रह ‘छहारी’ सार्वजनिक भएको छ । 

शनिबार आयोजित गजल सङ्ग्रहको विमोचन कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजलकार बन्न इतिहास, भूगोल, संस्कृतिलगायत विषयमा जानकारी हुनुपर्ने बताए । गजलको लोकप्रियता घटेको नभई लेख्ने मानिस कम भएकाले घटेजस्तो देखिएको उनले बताए । साहित्यको गजल विधाले मुक्तक विधालाई पनि वातावरण दिएको गजलकार पौडेलको भनाइ थियो । 

सङ्ग्रहका लेखक पौडेलले प्रहरी सेवामा रहेर देश सेवा गरेर बाँकी रहेको समयमा देखे भोगेका कुरा गजलमा उतार्ने गरेको बताए। कार्यक्रममा गजलकार एवं मुक्तककार रमेश पौडेललगायतले नव गजलकार पौडेललले समाजमा देखिने विभिन्न गतिविधिलाई गजलमा उतारेको बताएका छन् ।