बिर्तामोड / नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च भएको छ । गत २४ घण्टामा ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। 

२० हजार ७ सय ५६ जनाको पिसिआर र ६१६ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ हजार ६५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार नेपालमा आज ६६ हजार ३५२ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा छन्।