बिर्तामोड / आज देशभर १ हजार ९९३ जना कोरोना संक्रमित निको भएर घर गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार आज देशभर १ हजार ९ सय ९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भएका छन्।
कुल संक्रमितमध्ये नेपालमा कोरोना निको हुनेको दर ८० दशमलब ६ प्रतिशत रहेको मन्त्रालयले जानकारी गराएको छ ।




































