काठमाडौँ / विदेशमा चिकित्सा शिक्षामा स्नातक गरेकाले नेपालमा इन्टर्नसिप गर्न पाउने भएका छन् विद्यार्थीले कोरोना महामारीका कारण आफुले पढेको विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पुरा गर्न नसक्ने भएपछी नेपालमा इन्टर्नसिप गर्न पाउने व्यवस्था मिलाईएको हो ।

सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तीर्ण गरी इन्टर्नसिपको बाँकि रहेका विद्यार्थीले नेपालबाटै बाँकी पढाइ पूरा गर्न पाउने छन् । चिकित्सा शिक्षा आयोगको असार २१ को निर्णयअनुसार विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोरोनाले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन भनेको छ।
चिकित्सा शिक्षा आयोगको असार २१ को निर्णयअनुसार विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोरोनाले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन भनेको छ।

अनलाइन आवेदन असार २४ देखि खुल्ने र साउन ५ गतेसम्म भरिसक्नुपर्नेछ। आवेदन शुल्क एक हजार पाँच सय लाग्नेछ। आवेदन प्रणाली आयोगको वेबसाइटमा रहेको सूचनामा छ। स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तीर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू पेस गर्नुपर्ने हुन्छ।

त्यसैगरि, विद्यार्थीले इन्टर्नसिप गर्न चाहेको अस्पतालको स्वीकृति वा अनुमति पत्र लिन आवश्यक हुन्छ।

 notice-doctor