काठमाण्डौ / भारतीय अभिनेता दिलीप कुमारको निधन भएको छ  । स्वास्थ्यमा समस्या रहेका उनको ९८ वर्षको उमेरमा आज बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एक हप्ता अघि देखि मुम्बईको एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको हो ।

भारतमा ट्रेजेडी किंगको नामले चिनिने उनले देवदास, नयाँ दौर, राम और श्याम लगायतका चलचित्रमा अभिनय गरेका थिए।