बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो।
आज देशभर एक हजार ३३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ।






































