विराटनगर प्रदेश १ मा आज ४६३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको  छ ।

प्रदेश १ मा आज ४४३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५सुनसरीमा १२४मोरङमा १२१धनकुटामा १७भोजपुरमा ५उदयपुर र संखुवासभामा २-तेह्रथुम र ताप्लेजुङमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार २४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६६८ रहेको छ । प्रदेश १ मा आज १ हजार २३८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१७ महिला र २२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।