नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पहिलो लहरमा सङ्क्रमितको संख्या बढे पनि मृतकको संख्या भने न्यून थियो । तर, कोरोनाको दोस्रो लहरले भयावह रूप लिँदा र सरकारको फितलो व्यवस्थापनले गर्दा अधिकांश सङ्क्रमितले अकालमा ज्यान गुमाए ।
अधिकांश संक्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको विज्ञहरु बताउँछन् ।
विज्ञहरूका अनुसार नयाँ भेरिन्टको तीव्र संक्रमण दरले छोटो समयमै धेरैमा फैलिनु, बेलैमा अस्पतालमा नपुग्दा र पुगेका अस्पतालहरूमा पनि बिरामीको चापअनुसार उचित व्यवस्थापन हुन नसकेकाले मृत्युदर बढेको हो ।
सरकारको कमजोर व्यवस्थापनका कारण बचाउन सकिने धेरै मानिसले पनि ज्यान गुमाउनु पर्यो । सरकारको कमजोर तयारी र नागरिकको बेवास्ताले गर्दा पनि कोरोना संक्रमणदर र मृतकको संख्या अझै बढ्ने खतरा छ ।






































