बिर्तामोड / गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा निर्माण हुने नेपाली चलचित्र ‘एक्स– 9’ मा अभिनेता अनमोल केसी अनुबन्धित भएका छन् ।
शनिबार काठमाडौँको एक पाँचतारे होटेलमा निर्माता र नायक अनमोलबीच सम्झौता भएको हो । चलचित्रको छायाँङ्कन आउँदो जनवरीबाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।
लप्पन छप्पन चलचित्रका निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने उक्त चलचित्र सौगात मल्ल, पुष्प खड्का र अनुपविक्रम शाही आदि कलाकारको अभिनय रहने छ ।
चलचित्रमा खलनायकको निम्ति बलिउड अभिनेता सुनिल सेठ्ठीसँग कुरा भइरहेको निर्माण पक्षले जनाएको छ ।
पाँच करोड रुपैयाँमा बन्न लागेको चलचित्र ‘एक्स –९’ मा अनमोल केसीले ७६ लाख रुपैयाँमा फिल्म साइन गरेका छन् ।






































