बिर्तामोड / आज देशभर थप २ हजार पाँच सय ४८ जना संक्रमित थपिएका छन् ।  

देशभर विभिन्न प्रयोगशालामा नौ हजार ३३ जनाको काेराेना परीक्षण गर्दा दुई हजार पाँच सय ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ५५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ।