बिर्तामोड / प्रदेश १ मा आज थप ५ सय ५३ जनामा कोरोना संक्रमित थपिएका छन् । 

नौँ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा तीन सय २१ र सात सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ३२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा १०५, सुनसरीमा ९१, झापामा ८८, इलाममा ८, धनकुटा, पाँचथर र भोजपुरमा ३–३, संखुवासभा, खोटाङ र उदयपुरमा २–२ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ४८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २६३ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।