बिर्तामोड / बिहीवार नयाँ बानेश्वरस्थित कान्तिपुर फिल्म एकेडेमीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नायक राजेश हमालले  फिल्ममा जो कोही प्रवेश गर्न सक्ने भएकाले फिल्म क्षेत्र लोकतान्त्रिक भएको बताएका छन । 

अभिनय, निर्देशन, निर्माण जसले पनि गर्न सक्छ तर टिकिरहन जो पनि सक्दैन । पूँजी छ, चिनाजान छ भने सबैजना पहिलो फिल्ममा हिरो–हिरोइन बन्न सक्छन् । तर, पहिलो फिल्म नै दर्शकले स्वीकार गरेनन् भने त्यसपछि मरिहत्ते गरे पनि अगाडि बढ्न सकिन्न ,’ – हमालले भने ।

कान्तिपुर फिल्म एकेमेडीका विद्यार्थीले निर्माण गरेको सर्ट फिल्मको स्क्रिनिङग्राजुयशन पूरा गरेका विद्यार्थीहरुको विदाई कार्यक्रममा बोल्दै उनले अहिले टिकटकमा हरेक वर्गका मानिसहरको आकर्षण देखेर आफू छक्क परेको बताएका छन् । 

उनले अगाडि भने –‘अहिले  सबैले टिकटकमा आफ्नो कला देखाइरहनुभएको छ । त्यसैले यस  क्षेत्रमा केही गर्छु भनेर आउने नयाँ पुस्तालाई भयङ्कर चुनौती छ ।’ 

फिल्ममेकर बन्न आफूले पस्कने सामाग्री आफ्नै फ्लेवरको हुनपर्ने ,अरुबाट प्रेरित भए पनि आफ्नो यूनिकनेस पस्कने खुबी फिल्ममेकरमा हुन आवश्यक रहेको उनले बताए ।  

कोरोना महामारीले विश्वको फिल्म उद्योगले नै अकल्पनीय परिस्थितिको सामना गरेको भए पनि हतोत्साहित नहुन भनेका छन् ।  मानवजाती रहेसम्म फिल्म मेकिङ, न्यारेसन र कथा हेर्नका लागि व्यक्ति तत्पर भइरहने उनले बताए । 

प्रविधिले ठूलो फड्को मारेकाले अहिलेको पुस्तालाई फिल्ममा अगाडि बढ्न एकदमै चुनौती रहेको उनको भनाई छ ।