मोरङ / मोरङमा पोखरीमा डुबेर बच्चाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनवर्षी नगरपालिका ९ डायनियाका श्याम प्रसाद सिंहको ३ वर्षीय छोरा अजित सिंह रहेका छन् । 

शनिबार दिउँसो बालक आमासँग पोखरीमा गएका थिए । आमा लुगाले धोइरहेको समयमा खेल्ने क्रममा अचानक पोखरीमा डुबी घाईते भएका बालकको रंगेली अस्पतालमा उपचारको क्रममा दिउसो १ बजे मृत्यु भएको हो। 

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।