एजेन्सी \ अहिलेसम्म भएका विभिन्न अनुसन्धानले वायु प्रदुषणले हृदयरोगको खतरा बढाउने पत्ता लगाएको छ ।
अमेरिकामा भर्खरै गरिएको एक अनुसन्धानले मिर्गौला रोगी र उच्च रक्तचापका बिरामीहरूको मुटु वायु प्रदुषणका कारण कमजोर हुने पत्ता लगाएको छ ।
भर्खरै अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी किड्नी विक –२०२१ मा वायु प्रदुषणले मुटु कमजोर गराउने दावी गरिएको हो । जसमा वायु प्रदुषणको सीधा असर मुटुमा पर्ने जानकारी दिइएको छ ।
अनुसन्धानकर्ताका अनुसार उच्च रक्तचापको समस्याबाट गुज्रिरहेका मिर्गौला रोगीहरूलाई ग्लेसिटीन –३ को स्तर बढी भएको पाइयो । यसको सीधा सम्बन्ध वायु प्रदुषणसँग छ । यसले मुटुको भित्रसम्म पुगेर कमजोर बनाउने काम गर्छ ।
मुटुको सुरक्षा कसरी गर्ने ?
मुटुलाई स्वस्थ राख्नका लागि हरेक दिन सामान्य व्यायाम गर्ने गर्नुपर्छ । भने, खानपानमा पनि विशेष ध्यान आवश्यक छ । यसका साथै, खानामा नुन र फ्याटको मात्रा कम प्रयोग गर्नुपर्छ । यदि दैनिक व्यायाम गर्न सम्भव नभए हरेक दिन हिँड्ने गर्नुपर्छ । चुरोट पिउने बानीलाई हटाउनु पर्छ । यसले मुटुको रोग बढाउँछ ।
मोटोपनको असर:
पुरुषको पेटको मोटाइ ९० सेन्टिमिटर र महिलाको ८० सेन्टिमिटर भन्दा कम हुन आवश्यक छ । यदि पेट बढ्दै जाने समस्या छ भने प्रिम्याच्योर हर्ट अट्याक हुने खतरा बढ्छ । त्यसैले आफूले खाने खानेकुरामा विशेष ध्यान दिन आवश्यक छ । भने, ७ देखि ८ घण्टासम्म निदाउनुपर्छ । दिउँसोको खानापछि सुत्नु मुटुका लागि फाइदाजनक मानिन्छ ।






































