काठमाडौँ / प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रीएका कानुन व्यवसायिहरुले आज गृहमन्त्री खाँडको पनि राजिनामा माग गरेका छन् ।
सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग भएको भन्दै कानुन व्यवसायीहरूले गृहमन्त्री बालकृष्ण खाँणको राजिनामा माग गरेका हुन् ।
गत कात्तिक १४ गते देखि प्रधानन्याधिश विरुद्ध प्रदर्शन गर्दै आएका कानुन व्यवसायीहरूले आइतबारको विरोध प्रदर्शनमा गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएका छन् ।
कानुन व्यवसायिहरुकाे मंसिर २ गतेको विराेध प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना वकीलहरू घाइते भएका थिए ।