बुटवल / बुटवलको एक चर्चमा ९ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

बुटवल उपमहानगरपालिका –११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।

घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ ।