काठमाडौं / काठमाडौँको बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ लोलाङका २२ वर्षीय सविन परियार रहेको प्रहरीले जनाएको छ । काठमाडौँ महानगरपालिका- १६ बालाजु पुल नजिक सडकमा बागमती प्रदेश ०२–०२३ प ३७७५ नं को मोटरसाइकल अनियन्त्रित भई खोलाको नजिक ठोकिँदा परियारको मृत्यु भएको हो ।




































