झापा / सेवाग्राहीबाट लिएको ५० हजार घुससहित रोल्पाबाट एक इन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गंगादेव गाउँपालिकाका इन्जिनियर नवीन डाँगी रहेको प्रहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले उनलाई शुक्रबार दिउँसो उक्त रकमसहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।




































