काठमाडौं : वैदेशिक रोजगारीमा जाने युवाले बैशाख १ गते बाट स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि आवेदन दिन पाउने भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैशाख १ गतेदेखि स्थानीय तहबाटै श्रम स्वीकृति दिने निर्णय गरेको छ। 

व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्ने कार्य स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत गर्ने निर्णय गरेको प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन।

वैदेशिक रोजगारलाई थप व्यवस्थित, मर्यादित, व्यवस्थित, पारदर्शी तथा सहज बनाउने साथै नजिकको स्थानीय तहबाटै सेवा दिने उद्देश्यले स्थानीय तहबाटै सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ। 

वैदेशिक रोजगारीका सम्पूर्ण सूचना स्थानीय तहबाटै पुर्‍याउन लागिएको पनि मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा उक्त निर्णय गरेका हुन। 

दाहालले यसअघि २ वर्षको श्रम स्वीकृति हटाएर गन्तव्य मुलुक अनुसार श्रमस्वीकृति दिइने, गन्तव्य मुलुकबाट श्रमस्वीकृति नवीकरण गर्न सकिने निर्णय गरेका थिए।