काठमाडौं    ।  आन्दोलनरत मिटरब्याजी पीडितहरुले आन्दोलन फिर्ता लिने भएका छन्।

शनिबार गृहमन्त्रालयमा भएको सहमति पश्चात मिटरब्याजी पीडितहरुले आन्दोलन फिर्ता गर्ने सहमति गरेका हुन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको उपस्थितिमा सरकारी वार्ता टोली र संघर्ष समितिबीच लिखित सहमति भएको छ।

सहमतिमा अधिकारसम्पन्न जाँचबुझ आयोग गठन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिने सहमति भएको गृहमन्त्रालयले जनाएको छ।Screenshot_2023_0401_185825