काठमाण्डौ  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले जिल्ला मालपोत कार्यालय बारामा कार्यरत खरिदार रामविश्वास साह सहित दुई जनालाई पक्राउ गरेको छ ।Screenshot_2023-04-03-05-59-50-73_a23b203fd3aafc6dcb84e438dda678b6

खरिदार साहसहित र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका प्रवक्ता भोला दाहालले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

जग्गा रजिष्ट्रेसन पास गर्न सेवाग्राहीसँग रु. १५,०००।– घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले उनिहरुलाई घुस रकमसहित मालपोत कार्यालय परिसर नजिकै रहेको पसलबाट आईतबार दिउँसो नियन्त्रणमा लिएको थियो ।