काठमाण्डौ   ।  शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’लाई हलबाट उतार्ने घोषणा यसको निर्माण पक्षले गरेको छ । प्रदर्शकहरुसँग २ वटा शर्त राख्दै पुरा नभएको खण्डमा हलबाट उतार्ने घोषणा निर्देशन निश्चल बस्नेत र निर्माता रौनक बिक्रम कँडेलले गरेका छन् । Screenshot_2023_1116_140934

फेसबुक लाइभमा आफ्नो भनाई राख्दै निश्चलले बिदेशी फिल्म र नेपाली फिल्मबिच शोज बाँडफाडमा ठूलो पक्षपात भएको भन्दै निश्चलले लाइभमा भनेका छन। शुक्रबार र शनिबार हाम्रो फिल्मको अकुपेन्सी राम्रो थिएन यसैले, शोजका लागि हामीले दबाब दिने कुरा पनि भएन तर, आइतबारबाट हाम्रो फिल्ममा दर्शकको चाप बढ्न थालेको छ, पर्याप्त शोज छैन । हामीले पनि ४ करोडमा फिल्म निर्माण गरेका छौं । यसरी विभेद भएपछि  लगानी उठाउन नसकिने बताएका छन।

उनले अगाडि भनेका छन्–‘दर्शकको अकुपेन्सी उत्कृष्ट हुँदाहुँदै पनि हाम्रो शोज निकै कम छ । तेश्रो साताबाट हामीले जम्मा ३५ प्रतिशत मात्र शेयर पाउँछौं । त्यतीबेला हाम्रो फिल्मले कसरी लगानी उठाउन सक्छ । विदेशी फिल्म कमजोर भएपछि हाम्रो फिल्मको शोज बढ्छ । तर, त्यसले निर्मातालाई फाइदा दिदैन ।’

निश्चलले प्रदर्शकसँग २ शर्त राख्दै भनेका छन्–‘हामीले शुक्रबारदेखि बोल्ड निर्णय गरेका छौं । यदि, हाम्रो फिल्मको शोज विदेशी फिल्मको बराबर भएन भने र फिल्म हलमा प्रदर्शन भइन्जेलसम्म ५० प्रतिशत शेयर नपाउने हो हामी शुक्रबारदेखि फिल्म उतार्ने निर्णयमा पुगेका छौं ।’

निश्चलले आफूहरुले अब अर्को प्लेटफर्मबाट फिल्म देखाउने समेत बताए । उनले भने–‘प्रदर्शकहरुले सधै नै विदेशी फिल्मको अगाडि हामीलाई पक्षपात गर्ने हो भने हामीले पनि अर्को प्लेटफर्मको विकल्पमा जानुपर्ने हुन्छ ।’
शुक्रबारदेखि रिलिजमा आएको यो फिल्मले बलिउड फिल्म ‘टाइगर ३’सँग प्रतिस्पर्धा गरिरहेको छ । आइतबारदेखि रिलिजमा आएको बलिउड फिल्मको भन्दा नेपाली फिल्मलाई शोज निकै कम छ । यसैले, निर्माताले फिल्म नै उतार्ने बोल्ड निर्णय गरेका हुन् । 

नायिका स्वस्तिमा खड्का भन्छिन्: ‘हाम्रो लडाइँ ‘टाइगर’ सँग होइन, दास बनाउनेहरूसँग हो’Screenshot_2023_1116_140703

नायिका स्वस्तिमा खड्काले नेपाली चलचित्र ‘दिमाग खराब’लाई सो नदिएर हेपेको दाबी गरेकी छिन्। बिहीबार सामाजिक सञ्जालमा लेख्दै खड्काले हिन्दी फिल्म ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको र बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’ लाई सो नदिएर हेपेको बताएकी हुन्।

उनले लेखेकी छिन्, भक्तपुरस्थित QFX मा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’को बुकिङ अवस्था यस्तो छ। ‘टाइगर’को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती सो संख्या बढाइएको छ। बुकिङ रात्तै हुँदा पनि ‘दिमाग खराब’लाई सो नदिएर हेपिएको छ। यो दादागिरी हो। हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो। शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’लाई पाखा र हिन्दी फिल्मलाई काखा गरेपछि प्रदर्शकहरू विरुद्ध स्वस्तिमाको आक्रोश पोखिएको हो। फिल्मको टिमले भने हलबाट फिल्म उतार्ने निर्णय गरिसकेको छ।