गौशाला छब्बिस ....

म क्षत  बिक्षत भई रहे ,उसले जोड़दै  नै रहे 
हातमा हात राखेर ,मलाई खोज्दै रहे 
हराएको थिए शब्दहरुमा, छरिएर गए अक्षरहरुमा 
वाक्य बनाई दियो उसले, मलाई तलाश गरी रहे 
 म डूब्दै गए , उसले खोजी रहे 
गहराई नाप्दै, छालहरु हेर्दै 
म धेरै दूरको यात्रामा निस्किए,  दुर्गम गन्तब्य तिर 
छायाको  तलाश गर्न, घामको रापमा निस्केर आए 
 पानी पानी भए रापले, निस्तेज भए तेजले 
 खोज्दै -तलाश गर्दै, अस्मिताको रक्षा गर्दै 
 भागी रहे समयदेखि,  अझै उसलाई खोज्दै रहे  l
   - देवेन्द्र किशोर ढुङगाना
                  झापा