काठमाडौँ- गायिका समीक्षा अधिकारी घरीघरी सामाजिक सन्जालमा छाइरहन्छिन्।

कहिले कसैलाई जबाफ दिन त कहिले कसैबाट जबाप खोज्न सांकेतिक हमला गर्न समीक्षा मायुर छन्। आज पनि उनले सामाजिक सन्जालमार्फत आफ्नो बारेमा जानकारी दिएकै छन्।

उनले आफू  आफू उठ्दै लाग्दा बेस्सरी ठेस लागेर लडेको र उठ्न धेरैले साथ दिएकाले आफू संसारकै भाग्यमानीझैँ लाग्ने गरेको पनि बताएकी छन्।


उनले के सन्दर्भमा यसो भनिन्, स्पष्ट पारेकी छैनन्। तर उनले  सबैले एकदिन मर्नुपर्ने भन्दै सबैको भलो चाहेको सुनाएकी छन्।

उनले असफल हुँदा खुसी हुने र सफल हुँदा खुट्टा तान्नेहरू धेरै भेटिने भए पनि कलाकारहरूलाई सफलता मिलोस् भन्ने आफ्नो चाहना रहेको बताएकी हुन्।