काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई बधाई दिएका छन्।
परियारलाई बुधबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले गितार उपहार समेत दिएका छन्।
प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए।
सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरेका छन् ।






































