काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ७१ पैसा र बिक्री दर १३५ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । युरो, पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलर, जापानी येन, चिनियाँ युआन, र अन्य मुद्राहरूको दर पनि निर्धारण भएको छ ।
युरोको खरिद दर १४४ रुपैयाँ ३९ पैसा र बिक्री दर १४५ रुपैयाँ ३ पैसा छ । भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । राष्ट्र बैंकले यो दर आवश्यकतानुसार संशोधन गर्न सक्ने जनाएको छ, र अद्यावधिक जानकारी बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।






































