दमक  ।  झन्डै दुई अर्ब खर्चिएर बनाइएको झापाको दमकमा १८ तले बिजनेस टावरको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने भएका छन् ।

करिब पाँच बिघा जग्गामा फैलिएको यो टावरको शिलान्यास ओलीले पाँच वर्षअघि गरेका थिए ।दमक नगरपालिका–३ दापगाछीमा रु. १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उद्घाटन गर्ने कार्यक्रम छ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्। सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको हो। 

प्रधानमन्त्री ओलीले मेचीनगर– ४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको भोलि नै उद्घाटन गर्ने कार्यक्रम छ।