राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई तराई मधेश महिला फाउण्डेशनले सम्मान गरेको छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा कार्यक्रम गरी फाउण्डेशनका पदाधिकारीले पत्रकार महासंघमा निर्वाचित भएकाहरुलाई सम्मान गरेको हो।
कार्यक्रममा संस्थाका अध्यक्ष सुनिता साहले नेपाल पत्रकार महासंघ, सप्तरीको अध्यक्षमा निर्वाचित श्रवणकुमार देवसहित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरिएको हो । नवनिर्वाचितलाई गमछा एवं रुद्राक्षको माला लगाइदिएर उनले सम्मान गरिन् ।
यस्तै, केन्द्रीय परिषद् सदस्यमा निर्वाचितलाई पनि सम्मान गरिएको छ ।






































