काठमाडौं— काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ स्थित भाडगाउँबाट प्रहरीले पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपािलका–२० घर भएका सुदन जोशी छन् । 

प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वको टिमले गएराति उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो । आरोपीको साथबाट एकथान पेस्तोल, १० राउण्ड गोली र २५० ग्राम लागुऔषध पोल्याण्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए । 

आरोपीको साथबाट प्रहरीले १० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको छ ।