काठमाडौं— अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा राजधानीमा प्रदर्शन भएको छ । शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरुले नेलसहित प्रदर्शन गरेका हुन् । दलित अभिन्ता खगेन्द्र सुनुवारसहितको सहभागीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो । ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर्धनग्नसमेत बनेर प्रदर्शनमा सहभागी भएकाहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।
सिराहामा दलित वस्तीमा डोजर चलाएर महायज्ञ लगाउने प्रयास भएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्ध , दलितका लागि दलित अभियान, नेपालको प्रदर्शनमा सहभागी भएका हुन् ।
सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच निषेधित क्षेत्रमा केहीबेर धकेलाधकेल भएको हो ।