काठमाडौं— काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीले ताला लगाएपछि चैत ५ गते हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव चैत १६ मा हुने भएको छ ।

शुक्रबार बसेको सर्वदलीय बैठकले  चैत १६ गते चुनाव गर्ने निर्णय गरेको क्याम्पस प्रमुख पद्यमकुमार अधिकारीले जानकारी दिए ।