काठमाडौं— धनुषामा भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको हो ।
तस्करहरुले प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।
स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास गरेका थिए । हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।