काठमाण्डौ  ।   ललितपुर प्रहरीले भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गरेको छ।

शुक्रबार राति १ बजेर ५५ मिनेटमा ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा रहेको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा काठमाडौंतर्फ आइरहेको भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौं आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो। लागूऔषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरिएको उनले जानकारी गराए।FB_IMG_1743872964945

पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्। एम्बुलेन्समा एक बालक र एक बालिका समेत रहेका थिए। बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको देखिएको प्रहरीले जनाएको छ।