झापा । जिल्लाको कनकाई नगरपालिका-१ मा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई आफन्तले बिर्ता सिटी अस्पताल बिर्तामोड लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताएका छन ।