झापा  ।  झापाको भद्रपुर नाकाबाट भन्सार छलेर भित्राइएको लाखौको मोबाइलका पार्टस तथा सामग्रीसहित एक पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ  । 

भद्रपुरको दोभान नाकाबाट भित्राइएको २० कार्टुन मोबाइल पार्टस बा १८ च ४६१६ नम्बरको पिकअपमा हालेर लैजाने क्रममा चलक भद्रपुर नगरापालिका निवासी २३ वर्षीय राहुल कामत सहित जिल्ला प्रहरी कार्यालय झापाले शनिबार राती करिब ८ बजे भद्रपुरको घोडामाराबाट नियन्त्रणमा लिएको हो।

बरामद गरिएको मोबाइल पार्टस २९ लाख ८७ हजार २ सय, गाडीको ५ लाख गरी ३४ लाख ८७ हजार २ रुपैयाँ मुल्यांकन तोकेर गाडी चालक कामतसहितलाई कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाएको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । 

त्यस्तै गरि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले शनिवार राति १० बजे अर्जुनधारा– ६ छाताचौकमा बेवारिसे अवस्थामा प्लास्टिकको बोरामा पोका पारी राखेको अन्दाजी १८ लाख १० हजार २५० बराबरको मोबाइल र मोबाइल पार्टसका सामानहरू बरामद गरेको छ । सो सामान पनि मेची भन्सार कार्यालय बुझाइएको इप्रका बिर्तामोडले जनाएको छ ।  

भद्रपुर बिओपिका डिएसपी चिरन्जिबी प्रसाईं आएदेखि भद्रपुर एरियामा तस्करी मौलाएको हो उनी स्थानिय भएकाले गर्दा पनि तस्करलाइ सहज भएको छ। भद्रपुरको दोभान नाकाबाट चार महिना देखि तस्करी खुलेर भैराखेको छ।  भद्रपुरको दोभान, नेपाल बैक पुर्व, भन्सार छेउ, चाचा भगान, झोलुङेपुल लगायतको स्थानबाट दैनिक करोडौको तस्करी भैराखेको छ। तस्करी हुनेमा भारतबाट नेपाल भित्रने कपडा, मोबाइल पार्टस, सुर्ती लगायत पर्छन भने भारत तर्फ जाने फोरेन गुड्स, गाइगोरु, स्याउ लगायत पर्छन।IMG-20250420-WA0015

IMG-20250420-WA0014
IMG-20250420-WA0013
IMG-20250420-WA0012
IMG-20250420-WA0005 1
IMG-20250420-WA0004
IMG-20250420-WA0008
IMG-20250420-WA0002