एजेन्शी । भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको केही घण्टामै पाकिस्तानले सहमति उल्लंघन गर्दै आ'क्रम'ण सुरु गरेको छ। जम्मु, श्रीनगर, राजस्थानलगायतका सीमावर्ती क्षेत्रमा ड्रोन आ'क्रम'ण, वि'स्फोट र हवाई आ'क्रम'ण गरिएका छन्।
भारतले यस्ता गतिविधिलाई गम्भीर रूपमा लिँदै सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको छ र केही संवेदनशील स्थानमा ब्ल्याकआउटसमेत गरिएको छ।
दुवै देशबीचको तनाव फेरि चुलिँदै गएको छ, जसले क्षेत्रीय शान्तिमा गम्भीर चुनौती खडा गरेको छ। अब अन्तर्राष्ट्रिय समुदायको ध्यान पनि यसतर्फ खिचिएको छ।