काठमाडौं— काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा अर्घाखाँची जिल्ला, सन्धिखर्क नगरपालिका–३ का ४० वर्षीय विनोद खत्री रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार खत्री आइतबार काठमाडौं महानगरपालिका–२६ स्थित विरेन्द्र ऐश्वर्या मार्गमा रहेको सगरमाथा गेस्ट हाउसको कोठा नम्बर २०१ मा मृत भेटिएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।