काठमाडौं— ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । गएराति भाडामा बस्ने एक युवतीको कोठामा गएका इमाडोलका ३१ वर्षीय जीवेश अधिकारीको मृत्यु भएको हो ।
केटी साथीको कोठामा गएका युवक एक्कासी ढलेपछि उपचारका लागि किस्ट अस्पताल लगिएको थियो । अस्पतालका चिकित्सकले मंगलबार बिहान ७ः३० बजे अधिकारीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
घटनाबारे आज बिहानमात्रै थाहा पाएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट मृतक अधिकारीको केटी साथी काभ्रे जिल्ला स्थायी ठेगाना भएकी २२ वर्षीया युवती रहेको खुलेको छ । अचानक राती बेहोस भएपछि ती युवतीले उनलाई अस्पताल पुर्र्याकी थिइन् ।