झापा  ।   झापा जिल्ला प्रहरीले पूर्वपश्चिम राजमार्गको बिर्तामोड क्षेत्रबाट कृषि औजारसहित ३ वटा भारतीय नम्बर प्लेटको कन्टेर नियन्त्रणमा लिएको छ ।FB_IMG_1747620697550

भारतबाट भन्सार छलेर काँकडभिट्टा नाका हुदै नेपाल भित्रिएका तीनवटा भारतीय कन्टेनरसहित साढे ३ कराेडभन्दा माथिकाे सामान प्रहरीले नियन्त्रणमा लिएकाे हो । गाेप्य सूचनाका आधारमा आइतबार बेलुका ७ बजे  जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले बिर्तामाेड ५  स्थित पूर्व-पश्चिम राजमार्गमा चेक जाँचका क्रममा एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरका कन्टेनरमा भन्सार छली गरेका कृषि औजार सहित ३ वटा भारतिय कन्टेनर बरामद गरिएकाे झापा जिल्ला प्रहरिले जानकारी दिएको छ ।FB_IMG_1747620693747

सामानकाे अन्दाजी ३ कराेड ६१ लाख मूल्य कायम गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएकाे छ ।