काठमाण्डौ । पाँचपटकको पेसीपछि रास्वपा सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतको आदेशपछि आज हेर्न मिल्ने न्यायधीशको इजलासमा परेको छ।
यसअघि पाँचपटकको पेसी हेर्न नमिल्ने न्यायाधीशको इजलासमा ताेकिएपछि सर्वोच्च अदालतले अब हेर्न मिल्ने न्यायाधीशकोमा पार्न आइतबार आदेश दिएको थियो। यसबमोजिम आज उनको निवेदन हेर्न मिल्ने न्यायाधीशको इजलासमा पेसी तोकिने सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले जानकारी दिए। योसँगै अब लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ हुने देखिएको छ।
उच्च अदालतट बुटवलले रविलाई पनि थुनामा पठाउने आदेश गरेको थियो। उनलाई थुनामा पठाउने आदेश आएकै दिन प्रहरीले पक्राउ गरेको थियो। तर आफूलाई गैरकानुनी रूपमा पक्राउ गरेर तीन दिनपछि मात्रै कारागार चलान गरिएको भन्दै रिहा गरिनुपर्ने माग लामिछानेले रिटमा गरेका छन्।
यस्तै थुनामा पठाउने उच्च अदालतको आदेश पनि पनि बदर गर्न माग गर्दै उनले सर्वोच्चमा निवेदन दिइसकेका छन्। यी सबै निवेदन साथै राखेर पेस गरिएको छ।