मोरङ  ।  कोशीका सांसदहरु चढेको गाडी कानेपोखरीमा दुर्घटना भएको छ।

झापाबाट विराटनगर जाँदै गरेको प्रदेश सभा सदस्यहरू चढेको गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा परेको छ। मोरङ कानेपोखरीमा सांसद सवार गाडीमा कारले ठक्कर दिँदा दुर्घटना भएको छ। विराटनगरतर्फ गइरहेको प्रदेशसभा सदस्यहरू चढेको सवारीलाई बा ५ च ३५२० नम्बरको कारले ठक्कर दिएको हो। गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए।

उनिहरू सबैको अवस्था सामान्य रहेको बताइएको छ भने गाडी भने पूर्णरूपमा क्षतिग्रस्त भएको छ। 1747653868457