काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन(बालेन्द्र) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप लगाउदै प्रधानमन्त्री लगायतले भ्रष्टाचारी जोगाउन लागिपरेकाले आफु गणतन्त्र दिवस मनाउन मूल समारोह समितिको बैठकमा नगएको शाहले प्रष्टीकरण दिएका छन ।
बालेनले सोमबार फेसबुकमा लेख्दै भनेका छन्, "जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा , देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ? त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ? सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिष्टम ।"
काठमाडौं महानगरपालिकाका मेयर बालेन कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले अर्कोपटकदेखि शाहलाई बैठकमा नबोलाउन र मुल समारोह समितिमा नाम नराख्न निर्देशन दिएका थिए। सोही विषयलाई लिएर बालेनको यस्तो प्रतिक्रिया दिएको उनी निकट स्रोत बताउँछ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले मेयर शाहलाइ नबोलाउन गृह मन्त्रालयलगायत निकायलाई निर्देशन दिएका हुन्।