काठमाण्डौ । नेपाल प्रहरीको रिक्त रहेको ११ डिआइजी पदमा बढुवा सिफारिस भएको छ। मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो ।
डिआइजीमा सिनियर टोलीबाट मात्र बढुवा सिफारिस भएको छ । बढुवा सिफारिस हुनेहरुमा सुदर्शन कोइराला, दिपक रेग्मी, दिपेन्द्र घर्ती क्षेत्री, ओमबहादुर राना, माधव प्रसाद श्रेष्ठ, दिलिपसिंह देउजा, बिनोद घिमिरे, दिपक बस्नेत, जयराज सापकोटा, सुरेन्द्र गुरुङ र संजीव शर्मा दासको बढुवा सिफारिस भएको हो ।
उनीहरुमध्ये कोइराला र रेग्मी बाहेक राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली हो । सो टोलीका शारदा प्रसाद चौधरी बढुवामा छुटेका छन्।

