झापा  ।  झापाको दक्षिणी नाकाबाट  भारततर्फ तस्करी हुन लागेको अवैध ५० बोरा काँक्राको बीउसहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।Screenshot_2025_0521_161829

बुधबार बिहान ४ः३० बजे झापा प्रहरीको टोलीले झापा गाउँपालिका-१ मा नम्बर प्लेट नखुलेको ट्याक्टरलाई शङ्का लागेर चेकजाँच गर्दा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लाँदै गरेको अवस्थामा ५० बोरा काँक्राको बीउ प्रतिबोरा ५० के.जीका फेला परेको थियो । IMG-20250521-WA0004

अन्दाजी २ लाख ५० हजार बराबरको काँक्राको बीउ र ट्याक्टरको मूल्य, ५ लाख गरी जम्मा ७ लाख ५० हजारको अवैध सामान आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर चालकको खोजी भै रहेको बताएको छ।