काठमाण्डौ । बाराको सिमरा विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको जहाजमा १ महिलाको मृत्यु भएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाडौं ल्याउदैगर्दा मृत्यु भएको छ । चौधरीको थप उपचारका लागि सिमरा विमानस्थलबाट काठमाडौं ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार स्वास्थ्यमा समस्या देखिएकी राजकुमारीक जहाजमै बेहोस भएकी थिइन् । केएमसी अस्पताल पुर्याउँदा चिकित्सकले बाटोर्म मृत भएको घोषणा गरेको एसपी बोहराले बताए ।
उनको शव थप अनुसन्धानका लागि प्रहरीको टोलीले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ।