काठमाण्डौ । रविले यो व्यवस्थामा न्याय नपाउने भन्दै आन्दोलनमा साथ दिन रास्वपालाई राजावादीले पत्र पठाएको छ ।
राजतन्त्र पुर्नस्थापनका लागि राजावादीहरूले बनाएको जनआन्दोलन समितिले रास्वपालाई आफ्नो आन्दोलनमा साथ दिन जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपा उपसभापति डोलप्रसाद अर्याललाई पत्र लेखेर आग्रह गरेका हुन्।
राजावादीहरूले राजतन्त्र पुर्नस्थापनका लागि भन्दै जेठ १५ देखि आन्दोलनको घोषणा गरेका छन्।